काठमाडौं । श्रमजीवी पत्रकार संघ हरियाणाको निमन्त्रणमा श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी यतिबेला भारतको हरियाणामा श्रमजीवी विशेष कार्यक्रममा सहभागिता जनाइरहनु भएको छ । पत्रकारका समान मुद्धामा सहकार्य गर्ने उद्देश्यले अध्यक्ष जैसी हरियाणा प्रदेशका ७ जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागिता जनाइरहनु भएको हो । नयाँ दिल्ली र हरियाणाका विभिन्न जिल्लाका पत्रकार संघसंगठनहरुले अध्यक्ष जैसीसँग छलफल, भेटघाटलगायतका कार्यक्रम गर्दै भव्य स्वागत गरेका छन् ।
दुई देशका श्रमिक संघठनबीच पेसागत हकहित, मर्यादा, अधिकार, आत्मनिर्भरता, पेसागत पारदर्शिता, पेसाको सम्मान बढाउनेलगायत विषयमा छलफल भएको हरियाणाबाट अध्यक्ष जैसीले यस सञ्चार माध्यमलाई जानकारी दिनु भयो । नेपाल अध्यक्ष जैसी भन्नुहुन्छ, दक्षिणा एसियाकै ट्रेड युनियन पत्रकारहरुबीच एउटा संयुक्त मोर्चाका साथ साझा अभियान बनाएर अघि बढ्ने विषयमा छलफल भएको छ ।

Screenshot
छलफल कार्यक्रममा सहभागी हुँदै अध्यक्ष जैसीले श्रमजीवी पत्रकारहरूको पेसागत हकहित, मर्यादा र अधिकारका विषयमा नेपाल र भारतका पत्रकार संगठनहरूबीच सहकार्य र एकताको आवश्यकता रहेको बताउनु भयो । उहाँले दुई देशका संगठनहरू एउटै मञ्चमा उभिएर साझा मुद्दामा काम गर्नुपर्नेमा जोड दिनु भएको छ । जैसी भन्नुहुन्छ, यी दुई देशका संस्थाहरुबीचको भेलाको उद्देश्य भनेको जुनसुकै देशका पत्रकारहरु पेसागत हिसावले एकै हुन्छन् भन्ने हो ।
अध्यक्ष जैसीले यस भ्रमणलाई दक्षिण एसिया क्षेत्रमै श्रमजीवी पत्रकारहरूको साझा संगठन निर्माण गर्ने पहलका रूपमा पनि महत्वपूर्ण भएको उल्लेख गर्नु भएको छ । उहाँले क्षेत्रीय स्तरमा एकीकृत आवाज उठाउन सके पत्रकारहरूको हकहित अझ प्रभावकारी रूपमा संरक्षण गर्न सकिने विश्वास व्यक्त गर्नु भएको छ। अध्यक्ष जैसीको भ्रमणले नेपाल–भारतबीचका पत्रकार संगठनहरूबीच सम्बन्ध अझ सुदृढ बनाउने र भावी सहकार्यका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया