काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समिति अध्यक्ष पदबाट प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन्।लोहनीले आज अध्यक्ष राजेन्द्र लिङ्देनसमक्ष राजीनामा बुझाएका हुन्।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले निराशाजनक परिणाम ल्याएको भन्दै उनले पदबाट राजीनामा दिएका छन्। उनले पार्टीको नेतृत्व तहका जिम्मेवार पदाधिकारीहरूले तत्काल मार्गप्रशस्त गर्नुपर्ने र तदर्थ समितिमार्फत् महाधिवेशन गर्नुपर्ने पनि बताएका छन्
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया