logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • युरोलोजी तथा किड्नी अस्पतालमा नाफिज सदस्यहरूले २० प्रतिशत छुट पाउने

    898Shares
    युरोलोजी तथा किड्नी अस्पतालमा नाफिज सदस्यहरूले २० प्रतिशत छुट पाउने

    काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरूले युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट पाउने भएका छन् । बिहीबार नाफिज र अस्पताल बीच छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नाफिज अध्यक्ष मेनुका कार्की र अस्पतालका अध्यक्ष शिव कुमार कटवालले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार नाफिजका सदस्यहरूले अस्पतालबाट प्रदान हुने सबै सेवामा २० प्रतिशत छुट पाउने छन् । समाचार लेख्ने पत्रकारहरूको स्वास्थ्य रहनु भनेर यो सम्झौता गरिएको नाफिज अध्यक्ष मेनुका कार्कीले बताइन् । नाफिज आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धिसँगै स्वास्थ्यका क्षेत्रमा पनि काम अघि बढाइएको अध्यक्ष कार्कीले बताइन ।

    यो सम्झौता अनुसार एक वर्षसम्मको अवधिमा नाफिजका सदस्यहरूले यो सुविधा पाउने छन् । सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष कटवालले किड्नीको समस्या ७० प्रतिशत सम्म बिग्रेपछि मात्रै जानकारी हुने भएकाले पहिले नै सबैले सचेत भएर परीक्षण गर्नु पर्ने बताए । यसैबीच विश्व किड्नी दिवसको अवसरमा नाफिजका ५० जना सदस्यहरूको निःशुल्क किड्नी परीक्षण समेत गरिएको छ । अस्पतालका डाक्टरहरूले नाफिजका सदस्यहरूको निःशुल्क रूपमा किड्नीको परीक्षण गरेर किड्नीको अवस्थाका विषयमा जानकारी गराएका थिए ।

    किड्नी बिग्रिए पछि निकै महँगो हुने तर पहिले नै जानकारी पाएको खण्डमा किड्नी बिग्रिनबाट जोगिने भएकाले यसलाई नाफिज सदस्यहरूको किड्नी आज निःशुल्क परीक्षण गरिएको र आगामी दिनमा पनि अस्पतालबाट दिने सेवामा २० प्रतिशतको छुट पाउने ग्यारेन्टी गरिएको नाफिजका महासचिव निकेश खत्रीले जानकारी दिए ।

     



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट