काठमाडौं।तराईका क्षेत्रमा आज बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले घाम लागेपछि दिउँसो हुस्सु र कुहिरो हट्ने बताएको छ ।
विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति तराई भूभागका केही स्थानमा हुस्सु रहने जनाएको छ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया