logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • पठाओका सञ्चालक बस्न्यातले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने

    943Shares
    पठाओका सञ्चालक बस्न्यातले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने

    काठमाडौं । राइड सेयरिङ एप पठाओका सञ्चालक असिममान सिंह बस्न्यातले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

    उद्यमशीलता र स्टार्टअपलाई समर्थन गर्ने व्यवस्था, युवा पुस्ताले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्नु आफ्नो चाहना रहेको बताएका उनले कुन पार्टीबाट उम्मेदवार बन्ने भन्ने खुलाएका छैनन् । बस्न्यात तीनै व्यक्ति हुन् जसले जेन-जी आन्दोलन भड्काउने र सार्वजनिक निजी सम्पत्तिमा आगजनी गर्न खुलेआम उक्साउने काम सामाजिक संजालबाट भिडिओमार्फत नै गरेका थिए ।

    प्रहरीले आगजनी र लुटपाटमा संलग्नहरूलाई प्रमाणका आधारमा पक्राउ गर्दा धेरै पठाओ चालक पाइएका थिए । उनीहरूलाई लोकेशन दिएरै नेताहरूको घरमा आगजनी र लुटपाट गर्न पठाइएको पाइएको थियो । पठाओ सञ्चालक बस्न्यातको भूमिका शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धानको दायरामा ल्याउँदा जेन-जी अगुवाहरूको दबाबमा रोकिएको थियो ।

    त्यसो त पठाओका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यात आफैँ जेन-जी आन्दोलनको आह्वानकर्ता थिए । उनले आन्दोलनमा आह्वानमात्र गरेका थिएनन्,आगजनी र लुटपाटका घटनालाई ‘ग्लोरिफाइ’ गर्दै नेताहरू भागेको भनेर भिडिओ बनाएका थिए ।

    उनी प्रधानमन्त्री सुशीला कार्कीको सपथग्रहणमा समेत गएका थिए भने आफूलाई मन्त्रीका रुपमा प्रचार समेत गराएका थिए । आगजनी र प्रहरीका हतियार लुटपाटमा पठाओ राइडरहरूको संलग्नता देखिएपछि उनीमाथि प्रश्न उठेको हो । यद्यपी पठाओले संस्थागतरूपमा भने राइडरहरूलाई कुनै निर्देशन नदिएको उनीहरूले बताएका छन् । पठाओ राइडरहरूका डेराबाट प्रहरीका लुटिएका हतियार समेत बरामद भएका थिए ।

    उद्योगमन्त्रीमा दावी गरेका बस्न्यातमाथि आपराधिक उपद्रव र विध्वंसमा कारबाहीको माग गर्दै काठमाडौं र कैलालीमा जाहेरी समेत परेको छ । तर, सुधन गुरुङ, निश्चल बस्नेतहरूसँगैको जाहेरी दर्ता भने भएको छैन ।



    फास्ट न्युज    
  • २०८२ पुष २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट