काठमाडौं।नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ।सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको आह्वानमा आजदेखि विशेष महाधिवेशन सुरू हुन लागेको हो।विशेष महाधिवेशन आज र भोलिसम्म चल्नेछ।
आज विभिन्न क्षेत्रबाट निस्केको र्याली भृकुटीमण्डप पुगेपछि दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुनेछ। विशेष महाधिवेशन पक्षधरले सभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो गरेका छन् तर उनी सहभागी हुने अवस्था क्षीण बन्दै गएको छ।आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी
महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौं आइसकेको आयोजकले बताएका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया