logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • रवि लामिछाने र कुलमानबीच ७ बुँदे सहमति, बालेन साक्षी

    1.1KShares
    रवि लामिछाने र कुलमानबीच ७ बुँदे सहमति, बालेन साक्षी

    काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गरेको उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएको छ । घिसिङ रास्वपाको उपसभापतिका रूपमा दोस्रो वरियतामा रहने भएका छन् ।

    आज रास्वपा सभापति रवि लामिछाने, घिसिङ र बालेन शाहबीच भएको वार्तापछि उक्त सहमति जुटेको हो । सहमतिमा भएका अन्य लेनदेनका विषय सार्वजनिक गरिएको छैन ।

    सहमति पत्रमा रवि, बालेन र उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । ७ बुँदे सहमतिको पाँचौं बुँदामा उज्यालो नेपाल अभियानको अपनत्व रास्वपाले लिने उल्लेख छ ।

    एकतापश्चात् उज्यालो नेपालमा आबद्ध युवा अभियन्ता र अनुभवी विज्ञलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनिएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार