logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • रवि र बालेन एकताको प्रभाव सेयर बजारमा, ४७ अंकले बढ्यो नेप्से

    970Shares
    रवि र बालेन एकताको प्रभाव सेयर बजारमा, ४७ अंकले बढ्यो नेप्से

    काठमाडौं– शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र साह ‘बालेन’ बीचमा भएको एकताको सकारात्मक प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । लामो समयदेखि गति लिन नसकेको सेयर बजारमा आइतबार उत्साह देखिएको हो ।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.५५ अंकले बढेको छ । ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६३३.४२ बिन्दुमा पुगेको हो । आइतबार कारोबार भएका मध्ये २३८ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने २१ वटा कम्पनीको सेयर मूल्य घट्यो । अधिकांश कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा आज नेप्सेको पुँजीकरण पनि १.८३ प्रतिशतले बढेको छ ।

    आइतबार नेप्सेमा भएको सेयर कारोबारमा मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने विन नेपाल लघुवित्तको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से बढेसँगै सम्पूर्ण समूहको उपसूचक पनि हरियाली बन्न पुगेको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट