logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • मधेशमा आज सभामुख पदको चुनाव हुँदै

    1.1KShares
    मधेशमा आज सभामुख पदको चुनाव हुँदै

    जनकपूर।मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ ।पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ सभामुख चयन गर्न लागिएको हो ।

    आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।मधेश प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् ।



    फास्ट न्युज    
  • २०८२ पुष ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट