logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • प्रेस काउन्सिलविरुद्धकाे रिट खारेज

    1.1KShares
    प्रेस काउन्सिलविरुद्धकाे रिट खारेज

    काठमाडौँ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालविरुद्ध माउन्टेन टेलिभिजनले हालेको रिट निवेदन खारेज गरेको छ ।न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलाशले रिट खारेज गरेको हो ।
    २०७७ असार ३१ गते माउण्टेन टेलिभिजनबाट पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको प्रवक्तालगायत अत्यन्त अपमानजनक र आपत्तिजनक शब्द प्रयोग गरी समाचार प्रसारण गरेको भन्दै कारबाहीका लागि पूर्वप्रधानमन्त्री भट्टराईका प्रेस संयोजक विश्वदीप पाण्डेले दिएको उजुरीका आधारमा काउन्सिलले सञ्चार माध्यमलाई कारबाही गरेको थियो ।

    २०७७ साउन १ गते परेको उजुरीका आधारमा काउन्सिलले सञ्चार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको र काउन्सिलको आदेश कार्यान्वयनसमेत नगरेपछि पत्रकार आचारसंहिता, २०७३ को ७ (१) (ज)बमोजिम अवज्ञाकारी/कालोसूचीमा राखी गरेको कारबाही विधिसम्मत रहेको अदालतबाट भएको रिट खारेजबाट प्रष्ट भएको छ । रिट निवेदनमाथि काउन्सिलका तर्फबाट अधिवक्ताहरु अनन्तराज लुईटेल, झबिन्द्र भुसाल, कृतिनाथ शर्मा र विकास भट्टराई समेतले बहस गरेका थिए।



    फास्ट न्युज    
  • २०८२ मंसिर २८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट