logo

२०८३ असार ७ आईतवार

logo
  • २०८३ असार ७ आईतवार
  • कम्युनिस्टहरू एक हुनुको विकल्प छैन : गुरुङ

    1.1KShares
    कम्युनिस्टहरू एक हुनुको विकल्प छैन : गुरुङ

    काठमाडौं। नेपालमा कम्यूनिष्टहरु एक भएर जानुको विकल्प नभएको नेपाली कम्यूनिष्ट पार्टीका नेता देव गुरुङले बताएका छन् ।शनिबार भक्तपूरको सल्लाघारीमा नेकपा एमालेको ११ औं महाधिवेशनको शुभकामना मन्तव्यको क्रममा उनले यस्तो बताएका हुन् ।
    उनले भने ‘कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । इतिहासले सावित गरेको छ, कम्युनिस्टहरूमात्रै देशभक्त हुन्छन्। ’ गुरुङले भने, ‘कम्युनिस्टहरूमात्रै राष्ट्रभक्त हुन्छन् । मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने शक्ति भनेको कम्युनिस्ट नै हो ।’

    तर विगतदेखि नै विभिन्न ढंगबाट एकता विघटन हुँदै आएको उनले बताए।  ‘विगत ७ वर्ष पूर्वदेखि तत्कालीन नेकपा निर्माण गर्ने प्रक्रियाको यात्रा सुरू भएको थियो। निरन्तरता कायम राख्न सकेनौं। अहिले त्यही बेलाको विचार धारासहित एकता अभियान सुरू गरेका छौं,’ उनले भने।



    फास्ट न्युज    
  • २०८२ मंसिर २८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट