logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • शिक्षा समृद्धिको जग र चेतनाको मुहान भएको साकेला अध्यक्ष रवि प्रकाश राईको भनाइ 

    1.2KShares
    शिक्षा समृद्धिको जग र चेतनाको मुहान भएको साकेला अध्यक्ष रवि प्रकाश राईको भनाइ 

         खोटाङ।  साकेला गाउपालिका अध्यक्ष रविप्रकाश राईले देश विकासमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताउदै शिक्षा समृद्धिको जग र चेतनाको मुहान भएको वताएका छन्। साकेला गाउपालिका खोटाङको  सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ताको ७१ औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रुपमा आफ्‌नो भनाई राख्ने क्रममा अध्यक्ष राईले सो कुरा बताएका हुन।

    अध्यक्ष राईले अहिलेको शिक्षा प्रणालीमा गुणस्तरिय, व्यवहारिक र नैतिक शिक्षाको समेत अत्यावश्यकता रहेको बताए । उनले नैतिकता विहीन शिक्षाले व्यक्तिमा चरित्र निर्माण गर्न नसक्ने र समाजलाई सही दिशामा अघि बढाउन पनि असफल हुने भएकोले विद्यालयदेखि परिवार र समाज सबैले मिलेर नैतिकताको जरा बलियो बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

    सरस्वती माध्यमिक विद्यालयले शनिबार आयोजना गरेको वार्षिकोत्सव समारोहमा पहार ट्रष्ट नेपालको साझेदारीमा विद्यालयमा स्थापना गरिएको सरस्वती पुस्तकालय उद्घाटन र अक्षयकोषको छात्रवृत्ति रकम पनि वितर गरेको थियो।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार राईको अध्यक्षतामा सञ्चालन भएको वार्षिकोत्सव कार्यक्रममा साकेला गाउँपालिकाकी पूर्व उपाध्यक्ष सरीता खड्‌का, साकेला गाउँपालिकाका प्रवत्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री, ३ नम्बर वडाका वडाध्यक्ष गोविन्द्र तामाङ, पहार ट्रष्ट नेपालका अध्यक्ष बिजुली बहादुर गुरुङ लगायत निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, स्थानीयबासी नागरिकहरुको उपस्थिती रहेको थियो।



    फास्ट न्युज    
  • २०८२ मंसिर ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट