logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • चौधरी ग्रुपले एक वर्षमा सरकारलाई बुझायो २५ अर्ब ५९ करोड रुपैयाँ कर

    958Shares
    चौधरी ग्रुपले एक वर्षमा सरकारलाई बुझायो २५ अर्ब ५९ करोड रुपैयाँ कर

    काठमाडौं । चौधरी ग्रुप (सीजी)गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर बुझाएको छ । यो रकम देशको कूल राजस्वको करिब २ प्रतिशत बराबर रहेको ग्रुपले जनाएको छ। राजनीतिक अस्थिरता, आर्थिक गतिविधिको मन्दी र लगानीको चुनौतीपूर्ण वातावरण हुँदाहुँदै पनि सीजीले सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्‍याएको बताइएको छ।

    यसअघि आर्थिक वर्ष २०८०\८१ मा १८ अर्ब ५२ करोड रुपैयाँ कर तिरेको सीजीले चालु वर्षमा करिब ७ अर्ब रुपैयाँ बढी कर राज्यको कोषमा जम्मा गरेको हो। यसले ग्रुपको लगानी र व्यवसायिक विस्तार तीव्र गतिमा अघि बढिरहेको संकेत गरेको कम्पनीको भनाइ छ।

    पछिल्लो पाँच वर्षको अवधिमा मात्र सीजीले सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ बराबरको कर तिरेको छ। सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार समूहले स्थापित व्यवसायसँगै नयाँ क्षेत्रहरूमा समेत विस्तार गर्दै राजस्वमा निरन्तर वृद्धि गर्दै आएको छ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट