logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • एनपीएल : सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    973Shares
    एनपीएल : सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    काठमाडौं।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स भिड्दै छन्।त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे दुई टोलीबिच खेल हुनेछ। खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ।
    जारी प्रतियोगितामा दुवै टोलीको दोस्रो खेल हो।पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो।सुदूरपश्चिमले भने पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो। रोयल्स पहिलो सिजनको एनपिएलको उपविजेता हो।

    सुदूरपश्चिमको कप्तान दीपेन्द्रसिंह ऐरी छन्।टोलीमा  विनोद भण्डारी , अविनाश बोहरा, दीपक बोहरा , मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत , नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा  रहेका छन्। पोखराको कप्तानी राष्ट्रिय टिमका ओपनर कुशल भूर्तेल र टिममा खेलाडीहरूमा कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन , जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन्।



    फास्ट न्युज    
  • २०८२ मंसिर ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट