logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

    1KShares
    मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

    काठमाडौं । मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले सोमबार रिट दायर गरेका हुन् ।

    रिटको पेसी कात्तिक २५ गतेका लागि तोकिएको छ । उनीहरूले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

    कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले ७५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अर्को रिट सर्वोच्च लैजाने तयारी गरेका छन् ।

    उपचारका लागि काठमाडौं जान्छु भनेर बिदा भएकी मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बीचबाटोमा नेकपा ९एमाले० संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

    सरकार गठनको आह्वान नै नगरी नियुक्ति र शपथ गराएपछि विरोध सुरु भएको थियो । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा सामान्य तोडफोडसहित तालाबन्दी समेत गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट