logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • बुटवल–नारायणगढअन्तर्गत दाउन्ने सडक हिलाम्ये, यातायात सञ्चालनमा समस्या

    1KShares
    बुटवल–नारायणगढअन्तर्गत दाउन्ने सडक हिलाम्ये, यातायात सञ्चालनमा समस्या

    काठमाण्डौ। सडक हिलाम्ये भएपछि बुटवल–नारायणगढअन्तर्गत दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । पानी पर्न रोकिए पनि दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले गाडीको लामो जाम छ ।

    जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पूर्व) का अनुसार दाउन्नेमा एकतर्फी हुँदा गाडीहरु विस्तारै चलेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा समस्या छ ।

    अहिले दाउन्ने क्षेत्रमा सडक अत्यधिक हिलाम्ये र चिप्लो भएकाले कतिपय ठाउँमा एकतर्फी रूपमा मात्र गाडी चलिरहेका छन् । यात्रु समस्यामा परेका छन् ।

    दाउन्ने नजिकैको घ्यू खोलामा बेला–बेला गाडी फस्ने गरेकाले गएराति यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । प्रहरीले यात्रुलाई आवश्यक सावधानी अपनाई र बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट