काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा घाइतेले ५ बुँदे माग राखेका छन् ।
उनीहरूले आन्दोलनमा गोली प्रहार गर्नेलाई कारबाही, संविधानको सुधार, आन्दोलनको संरक्षण, भ्रष्टाचारको छानबिनलगायतको माग प्रधानमन्त्री कार्कीसमक्ष राखेका हुन् । घाइतेहरूले माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।
घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे जानकारी गराउनुभयो । यस्तै प्रधानमन्त्री कार्कीले आफूहरू जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने भन्दै आफूहरूलाई दिइएको म्यान्डेट अनुसार चुनाव हुने र भ्रष्टाचारको अनुसन्धान पनि हुने बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको र चाँडै नतिजा आउने बताउनुभयो । घाइतेले कतिपय आरोपी भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया