logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • जेनजी प्रदर्शन : गोली लागेर मृत्यु हनेको संख्या आठ जना पुग्यो

    1.3KShares
    जेनजी प्रदर्शन : गोली लागेर मृत्यु हनेको संख्या आठ जना पुग्यो

    काठमाडौं ।  जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ ।काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भइरहेको जेनजीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर हालसम्म आठ जनाको मृत्यु भएको हो । सिभिल अस्पताल र केएमसी अस्पतालमा एक/एक जना तथा त्रिवि शिक्षण अस्तपतालमा एकजनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमाथि नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका युवाहरुमाथि प्रहरीले गोली चलाएको थियो ।

    उता, ट्रमा सेन्टरमा उपचाररत थप ५  आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ । प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।स्थिति तनावग्रस्त भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कर्फ्यु जारी गरेको छ । कर्फ्यु जारी भएपछि सेनाको टोली सडकमा आएको छ । तर पनि प्रदर्शनकारी रोकिएका छैनन् ।



    फास्ट न्युज    
  • २०८२ भाद्र २३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट