logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • वीरगन्जमा अझै नियन्त्रणमा आएन हैजा, अस्पतालमा शय्या नपुगेर भुइँमा बिरामी

    1KShares
    वीरगन्जमा अझै नियन्त्रणमा आएन हैजा, अस्पतालमा शय्या नपुगेर भुइँमा बिरामी

    वीरगन्ज । पर्सा जिल्लाको वीरगन्ज क्षेत्रमा हैजा समुदायस्तरमै फैलिएको पुष्टि चिकित्सकहरूले गरेका छन्। एक साताअघि देखिएको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन।

    स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म वीरगन्ज महानगरपालिकामा ६२४ जना हैजाबाट संक्रमित भइसकेका छन् भने पोखरिया क्षेत्रमा १२ जना बिरामी देखिएका छन्। पछिल्लो २४ घण्टामा मात्र ८८ जना नयाँ बिरामी थपिएका छन्।

    महाशाखाको तथ्यांकअनुसार संक्रमितमध्ये २४ जना चार वर्षमुनिका बालबालिका छन् भने तीन जना गर्भवती महिलामा समेत हैजा पुष्टि भएको छ। संक्रमण तीव्र बनेसँगै वीरगन्जको अवस्था चिन्ताजनक बन्दै गएको छ। दैनिकजसो पातलो दिसा, बान्ता, पेट दुख्ने, मिर्गौला सम्बन्धी समस्या र अर्धचेत अवस्थाका करिब ५० जना बिरामी नारायणी अस्पतालमा आइपुग्ने गरेका छन्।

    अस्पतालमा बिरामीको चाप अत्यधिक बढेपछि शय्या अभाव भएको छ। हाल २७१ जनाको उपचार गरिसकेको अस्पतालले हैजाका लागि छुट्याएका ३४ वटा शय्या भरिएपछि बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको जनाएको छ।

    नारायणी अस्पतालका निर्देशक डा. चुमनलाल दासले हैजा र झाडापखालाका बिरामीका लागि छुट्याइएको सबै शय्या भरिएपछि बाध्य भएर भुइँमै राखेर उपचार गर्नुपरेको बताए। उनका अनुसार हालसम्म उपचारपछि २०९ जना निको भइ घर फर्किएका छन् भने ६२ जनाको उपचार भइरहेको छ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट