logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • आयुर्वेद उपचारमा जनविश्वास बढाउन आवश्यकः मन्त्री पौडेल

    904Shares
    आयुर्वेद उपचारमा जनविश्वास बढाउन आवश्यकः मन्त्री पौडेल

    अत्तरिया (कैलाली) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले आयुर्वेद उपचारमा जनविश्वास बढाउन खोजेको बताउनुभएको छ ।

    प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा बिहीबारआयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको ‘राष्ट्रिय स्वर्ण प्राशन’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आयुर्वेद उपचार हाम्रो मौलिक परम्परा हो । हामी सबै हिसाबले सम्पन्न थियौँ । हामीले हाम्रा कुरामाथि विश्वास नगरेका कारण अहिले हामी कुनै पनि कुरामा आत्मनिर्भर छैनौँ ।”

    उहाँले स्वर्ण प्राशन मौलिक विधि रहेको उल्लेख गर्नुभयो । विकल्प नहुँदा यसैलाई प्रयोग गरेर स्वस्थ हुने गरेको स्मरण गर्नुभयो । “विकल्प आएपछि हामीले यसलाई छोडेर विकल्प तिर लाग्यौँ । यसलाई प्रयोग गर्दा हामी लाभान्वित हुन्छौँ । यसले वैकल्पिक उपचार विधिमा मद्दत गर्छ”, उहाँले भन्नुभयो ।

    कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले स्वस्थ बालकले मात्रै आफ्नो उज्जल भविष्य निर्माण गर्न सक्ने बताउनुभयो ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट