logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • कैलाली कारागार झडपमा परेका एकजनाको मृत्यु, ४७ घाइते

    1.1KShares
    कैलाली कारागार झडपमा परेका एकजनाको मृत्यु, ४७ घाइते

    धनगढी। कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परेका एक जनाको मृत्यु भएको छ भने ४७ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । झडपका ४७ जना घाइते उपचार गराइरहेका छन् । उक्त घटनामा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का २२ वर्षीय आयुश भट्टराईलाई थप उपचारका लागि शनिबार नै काठमाडौं पठाइएको हो। उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार काठमाडौं पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

    झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रशासनले जनाएको छ। शनिबार दिउँसो पनि कारागारको अवस्था असामान्य बनेको थियो। कैदीले केही समय कारागार नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनाउन प्रहरी परिचालन गरिएको थियो।

    घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

    यस घटनाप्रति गृहमन्त्री रमेश लेखकले पनि चासो देखाउँदै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। शनिबार दिउँसो मात्र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेट गरेर गृहमन्त्री लेखकले सुरक्षाको विषयमा चासो लिएका हुन् ।

    कैलाली कारागारका कैदीले अवस्था अप्ठेरो बन्दै गएको जानकारी दुई साताअघि नै मानव अधिकार आयोगलाई गराएको खुलेको छ । मानवअधिकार आयोगको प्रादेशिक कार्यालय धनगढीका प्रमुख प्रकाशदत्त भट्टका अनुसार झडपपछि कारागारको अवस्था गम्भीर देखिएको छ । पूर्व सूचनालाई बेवास्ता गर्दा यो अवस्था आएकाले अब केन्द्रले नै सुनुवाइ गर्नुको विकल्प नभएको उनको भनाइ छ । १५० कैदी राख्ने क्षमताको कैलाली कारागारमा ६९५ कैदीबन्दी छन् । जसमा ५८ महिला छन्।

     



    फास्ट न्युज    
  • २०८२ श्रावण २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट