logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन- प्रधानमन्त्री ओली

    1KShares
    सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन- प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको भन्दै समाज बदल्ने सपना बोकेकाहरुले उनका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिएका छन् ।

    नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे ।

    उनले भने- ‘पुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुभयो । उहाँका केही सीमाहरु थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो । जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरुको संगठनलाई गतिशीलरुपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरुलाई बिर्सन मिल्दैन ।’

    विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमार्क्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते  नेकपा स्थापना भएको थियो । उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट