logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • आज पनि एमाले बैठक, विधान महाधिवेशनको प्रतिवेदनमाथि धारणा राखिने

    979Shares
    आज पनि एमाले बैठक, विधान महाधिवेशनको प्रतिवेदनमाथि धारणा राखिने

    काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार)  पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि जारी बैठक आज बिहान ११ बजे पुनः बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    सोमबारको बैठकमा भदौमा हुने विधान महाधिवेशनको प्रतिवेदनमाथि ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बाँकी सदस्य आज आफ्नो धारणा राख्ने छन् । बैठकमा प्रत्येक सदस्यलाई धारणा राख्न तीन मिनेटको समय दिइएको छ ।

    पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् ।

     



    फास्ट न्युज    
  • २०८२ श्रावण ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट