काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार बिहान पदबाट राजीनामा दिनुभएको थियो । ७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएका उहाँले पदबाट राजीनामा दिनुभएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया