logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • कांग्रेस संस्थापन पक्षले नेताहरूमाथि गरेकाे कारबाही प्रतिशोधपूर्ण: कोइराला समूह

    1.1KShares
    कांग्रेस संस्थापन पक्षले नेताहरूमाथि गरेकाे कारबाही प्रतिशोधपूर्ण: कोइराला समूह

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही प्रतिशोधपूर्ण भएको निष्कर्ष निकालेको छ ।

    कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले बैठकले आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा रहेको केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीको राजनीतिक प्रतिरोध गर्ने निर्णय गरेको हो ।

    बैठकले कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने र न्याय दिलाएरै छाड्ने प्रतिवद्धतासमेत जनाएको कोइरालाको सचिवालयले जनाएको छ । कोइराला समूहले बुधबार गरिएको कारबाहीलाई विधान विपरित र एकतर्फी भएको निष्कर्षसमेत निकालेको छ ।

    बैठकले सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने, राजनीतिकरूपमा कारबाहीको शसक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने निर्णय गरेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

    बैठकमा उपसभापति धनराज गुरुङले सभापति देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबीच अहिले अनुशासन समितिले उजुरीहरू नचलाउने विषयमा छलफल भएको ‘ब्रिफिङ’ गरेका थिए । उनले अनुशासन समितिका संयोजक ढुङ्गानाले अनुशासन समितिमा छलफल नै नगरी बुधबार एक्कासि विज्ञप्ति निकालेर कारबाही गरेको बताए ।

    बैठकमा उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य सञ्जयकुमार गौतम, सरिता प्रसाइँलगायत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी थिए ।

    कांग्रेस अनुशासन समितिले बुधबार गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्ला सभापति विष्णुकुमार राई, कास्कीका पूर्वसभापति कृष्ण केसीलगायतलाई तीन महिनादेखि एक वर्षसम्म पार्टीबाट निस्काशन गरेको थियो ।

     



    फास्ट न्युज    
  • २०८२ असार २६, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट