काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तय भएको छ । प्रतिनिधि सभा बैठक शनिबारबिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्री ओली शनिबार साँझ ६ बजे स्पेन भ्रमण जाँदैछन् । सम्बोधनका क्रममा उनले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने बर्तौलाले बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया