logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • देशभरि हल्कादेखि ठूलो वर्षा, सतर्क रहन आग्रह

    994Shares
    देशभरि हल्कादेखि ठूलो वर्षा, सतर्क रहन आग्रह

    काठमाण्डौः बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्न सक्ने महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

    गएराति ललितपुरको टिकाथली, गोदावरी, खुमलटार र काठमाण्डौको बुढानिलकण्ठ तथा सिन्धुपाल्चोक क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ । बाढी पूर्वानुमान महाशाखाले ठूलो पानी परेका ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । भिरालो तथा कमजोर जमिनमा पहिरोको जोखिम उच्च भएकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार ११, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट