logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • सांसद सिंहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

    1.2KShares
    सांसद सिंहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

    काठमाडौँ। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह बोल्दाबोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउनुभएको छ ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद सिंहले सरकारले पाँच वटा जिल्लालाई मात्रै प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै आपत्ति जनाउनुभएको हो । साथै उहाँले पाँच जिल्लालाई नेपालमा राखेर अन्य जिल्लालाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने बताउनुभएको थियो ।

    सांसद अमरेशको भनाइ रोक्दै एमालेका प्रमुख सचेतक बर्तौलाले बिचमा रोक्दै नियमापत्ति जनाउनुभयो । बर्तौलाले संसदको रोष्टमबाट आपत्तिजनक र देशद्रोही अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गर्नुभयो । उहाँले उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै संसदको रेकर्डबाट हटाउन मात्रै नभएर अन्य कारबाही गर्नुपर्ने बताउनुभयो ।

    त्यसपछि, सभामुख देवराज घिमिरेले सांसद सिंहले अरु मुलुकको नाम लिएर नेपालको भूमिलाई दिए हुन्छ भनेर बोलेको विषयलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभयो । सो पश्चात् संसदमा सभामुख घिमिरे, सांसद सिंह र एमाले सचेतक बर्तौलाबिच सवालजवाफ चलेको थियो ।



    फास्ट न्युज    
  • २०८२ असार ८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट