logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • नौबिसे–मलेखु खण्ड दुई दिन रातको समयमा बन्द हुने

    1KShares
    नौबिसे–मलेखु खण्ड दुई दिन रातको समयमा बन्द हुने

    काठमाण्डौ ।  पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड आइतबारदेखि पुनः दुई दिनका लागि रातको समयमा बन्द हुने भएको छ । आइतबारदेखि मङ्गलवार बिहानसम्म रातिकाे १० बजेदेखि बिहान तीन बजेसम्म दैनिक पाँच घण्टा बन्द हुने मुग्लीन–नारयणघाट सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिनुभयो ।

    निर्माणाधीन अवस्थामा रहेको सडक खण्डमा बनेका नयाँ पुलहरूको गडर राख्नका लागि सडक खण्ड बन्द गरी काम गर्ने भएको हो । काठमाण्डौ आउने गाडीलाई मलेखु मझिमटार र वेनीघाटतर्फ रोकिने छ भने नौबिसेबाट मलेखु जाने गाडीलाई बैरेनी, आदम घाटमा रोकिने छ ।

    सडक बन्द भएको समयमा दमकल, प्रहरी र एम्बुलेन्स लगायत अत्यावश्यक गाडीहरु बाहेक अन्य गाडीहरु सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार ७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट