logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • चर्को नाराबाजीलाई छिचोल्दै गृहमन्त्री लेखकले गरे दमदार भाषण

    979Shares
    चर्को नाराबाजीलाई छिचोल्दै गृहमन्त्री लेखकले गरे दमदार भाषण

    काठमाडौं । संसद् बैठकमा गृहमन्त्री रमेश लेखक बोलिरहँदा रास्वपाका सांसदहरूद्वारा वेल घेराउ गरेका छन् । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए । यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ ।

    उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन । यसैबीच ढिलो गरेर सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले नाराबाजी गर्दै अवरोध गरेका थिए । तर लेखकको बुलन्द भाषणले उनीहरुको नाराबाजी ओझेलमा परेको थियो । माओवादी र समाजवादी भने विरोधमा उभिएको छैन ।

    गृहमन्त्री लेखकले संसदमा के भने ?

    गृहमन्त्री लेखकले आफूविरुद्ध पार्टी कार्यालयहरूमा नक्कली पीडितहरूलाई बोलाएर विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको जनाएका का छन् । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बीच संसद्‍मा सम्बोधन गरेका गृहमन्त्री लेखकले भने, ‘मलाई थाहा छ, केही पार्टीका कार्यालयहरुमा नक्कली, तथाकथित पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरु लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन् ।’

    गृहमन्त्री लेखकले त्यो कुन पार्टी कार्यालयमा लेखिएको भन्ने विषयमा आफूलाई जानकारी भइसकेको भन्दै उनले नक्कली पीडित खडा गर्ने मानिस पत्ता लगाएर कारबाही गरिने समेत बताए । ‘त्यस्ता कीर्ते, जालसाझी काम गरेर राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु’, उनले अगाडि भने, ‘यस्ता अपमानजनक कार्यहरू, यस्ता कीर्ते जालसाझ गरेर तथाकथित नक्कली पीडित खडा गर्ने मानिसहरुको पत्ता लगाएर कारबाही गरिनेछ ।’

    उनले रास्वपालाई संकेत गर्दै थपे,‘तपाईंका पार्टी कार्यालय कीर्ते, जालसाझीपूर्ण पीडितहरू तयार गर्ने पार्टी कार्यालय बन्दैछन् ।’ उनले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध कुनै प्रमाण नभएको भन्दै जाहेरी वा उजुरी नै नभएको अवस्थामा राजीनामा माग गर्नु अनुचित भएको बताए । उनले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको समेत जिकिर गरे ।

     



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट