logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्‍यो सगरमाथा क्षेत्र

    940Shares
    भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्‍यो सगरमाथा क्षेत्र

    काठमाडौं । चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । सगरमाथा (माउन्ट कोमोलाङ्‍मा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको हो । चीनमा हालसम्म भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

    डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्‍मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् । डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेसनको विद्युत् कटौती भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ । सगरमाथा क्षेत्रमा नेपालतर्फबाट भने अहिले कुनै गतिविधि हुँदैनन् ।



    फास्ट न्युज    
  • २०८१ पुष २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट