logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • अर्थमन्त्री पौडेलले भने- बजेटका प्रबन्धले निजी क्षेत्र उत्साहित देखिएको छ

    1.1KShares
    अर्थमन्त्री पौडेलले भने- बजेटका प्रबन्धले निजी क्षेत्र उत्साहित देखिएको छ

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि अर्थतन्त्रमा देखिएका चुनौतीलाई चिन्ने र समाधान खोज्ने काममा निरन्तर लागेको बताए ।

    मुलुकको अर्थतन्त्रको सन्दर्भमा अर्थतन्त्र समस्या वा दबाबमा रहेको मनोविज्ञान प्रकट हुने गरेको भन्दै उनले जिम्मेवार निकायमा बसेकाहरुले समस्याको बर्णन नभइ समस्या समाधानका लागि सार्थक पहल गर्नुपर्ने धारणा राखे । अर्थमन्त्री पौडेलले अहिलेको बजेट आर्थिक सुधारको अन्तिम किस्ता नभएकाले सुधारका कामहरु निरन्तर अघि बढ्ने स्पष्ट पारे ।

    वाञ्छित सीमाभित्र रहेर अहिले अनुशासित ढंगले बजेट निर्माण भएको र बजेटमार्फत आएका नीतिगत प्रबन्धले निजी क्षेत्रसमेत उत्साहित देखिएको उनले बताए । त्यस्तै, पौडेलले मौद्रिक नीति र वित्तनीतिमा सहि सन्तुलन भएर नै अर्थतन्त्र अगाडि बढ्ने स्पष्ट पारे । उनले मौद्रिक नीति र वित्तनीतिबीच समन्वय हुनुपर्ने राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको भनाइ सकारात्मक रहेको उल्लेख गरे ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट