logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • सुनको भाउमा रेकर्ड कायम, तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार

    961Shares
    सुनको भाउमा रेकर्ड कायम, तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार

    काठमाण्डौ । सुनको भाउले आज बुधबार कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च भएर तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज सुनको भाउ एकैदिन तोलामा आठ सय रुपैयाँले बढेको हो । सुनको भाउ बढेर हिजो पनि कीर्तिमान बनाएको थियो । हिजो सुनको भाउ तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ५० रुपैयाँ थियो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार