logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • कांग्रेस-एमाले सरकारसँग चीन खुसी छ : मन्त्री भण्डारी

    1KShares
    कांग्रेस-एमाले सरकारसँग चीन खुसी छ : मन्त्री भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति भण्डारीसँग चीन भ्रमणबाट फर्किएका एमालेका नेता तथा उद्योग मन्त्री दामोदर भण्डारीले अहिलेको सरकारप्रति चिनियाँ पक्ष खुसी रहेको दाबी गरेका छन्।
    विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई ठूला पार्टी मिलेर सरकार बनेपछि नेपालमा राजनीतिक स्थायित्व दिने विश्वास चिनियाँ पक्षले राखेको बताए।

    उनले उच्चस्तरीय भेटमा कांग्रेस एमाले मिलेर बनेको सरकारले राजनीतिक स्थायित्व दिने भन्दै खुसी व्यक्त गरेको दाबी गरे। उनले भने, ‘चिनियाँ पक्षबाट अहिले राजनीतिक स्थायित्वका लागि प्रमुख दुइटा दल सम्मिलित सरकारले पूर्णता पाओस्, स्थायित्व होस्, राजनीतिक स्थायित्वबाट आजका अभिभाराहरू पूर्ण गर्न सकिन्छ। त्यसमा चिनियाँ पक्षबाट खुसी व्यक्त भएको छ। त्यसबाहेक अरू विषयमा छलफल भएनन्।’

    राष्ट्रपति हुँदा भण्डारीले चिनियाँ समकक्षीसँग राम्रो सम्बन्ध बनाएको बताउँदै त्यही निमन्त्रणमा सरकार र पार्टीको सहभागितासहित सहभागिता भएको बताए। उनले भण्डारीको आर्थिक, कूटनीतिक, सांस्कृतिक सम्बन्धलाई विकसित गर्ने हिसाबले पनि भ्रमण फलदायी भएको सुनाए।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट