logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • युद्धविरामपछि सबै भारतीय विमानस्थलहरू सञ्चालन

    1KShares
    युद्धविरामपछि सबै भारतीय विमानस्थलहरू सञ्चालन

    नयाँ दिल्ली । भारत–पाकिस्तान युद्धविरामपछि सबै भारतीय विमानस्थलहरू पुनः खोलिएका छन्। यसले दुई देशबीचको तनाव कम भएको संकेत गर्दछ। भारतले मे ७ मा बन्द गरेको ३२ वटा विमानस्थल सोमबार पुनः सञ्चालनमा ल्याएको छ।

    यात्रुहरूलाई सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन आग्रह गरिएको छ र नागरिक उडानहरू पुनः सुरु भएका छन्। २९ वैशाख, काठमाडौं । भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन् । जम्मु–कश्मीरको पहलगाममा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच बढेको तनावबीच मे ७ मा भारतले आफ्ना ३२ वटा विमानस्थल बन्द गरेको थियो ।

    ती विमानस्थलहरू मे १५ को बिहान ५ः२९ बजेसम्म अस्थायी रूपमा बन्द भनिएको थियो । तर, दुवै देशबीच युद्धविराम सम्झौता भएसँगै भारतीय विमानस्थल प्राधिकरणले विमानस्थल खोलेको हो । प्राधिकरणले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थल खुला गरिएको जनाएको छ । उसले यात्रुहरूलाई ती विमानस्थलहरूमा उठानका लागि सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन आग्रह गरेको छ ।

    इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्सममा यसबारे जानकारी दिएको छ । कम्पनीले ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानहरूका लागि खोलिएको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट