logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • देशभरको तापक्रम बढ्यो, काठमाडौंमा आज ३२ डिग्रीसम्म पुग्ने

    1.3KShares
    देशभरको तापक्रम बढ्यो, काठमाडौंमा आज ३२ डिग्रीसम्म पुग्ने

    काठमाडौं । केही दिनयता निरन्तर घाम लागेका कारण काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढेको छ । आज काठमाण्डौको अधिकतम तापक्रम ३०–३२ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो पनि काठमाण्डौको तापक्रम ३२ डिग्री सेल्सियस पुगेको थियो । हिजो सबैभन्दा धेरै भैरहवाको तापक्रम ४० डिग्री पुगेको छ । यस्तै सिमरा र जनकपुरको ३९, विराटनगर र धरानको ३७ डिग्री सेल्सियस पुगेको छ ।

    प्रि–मनसुनको अवस्था रहेको र दुई तीन दिनयता पर्याप्त वर्षा नभएका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भेगमा तापक्रम बढेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार अहिलेको तापक्रम वृद्धि मनसुन शुरू हुनुपूर्वको गतिविधि हो । यसलाई प्रि–मनसुनी गतिविधिकै रुपमा लिइन्छ । तापक्रम अझै बढ्दै जाने उहाँको भनाइ छ ।

    यसैबीच, देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।आज पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।

    आज दिउँसो कोशी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेश र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ । काठमाण्डौ उपत्यकामा हिजोजस्तै छिटपुट पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट