logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • भारत -पाकिस्तान विवाद दुबै पक्षको आ-आफ्नै दावी

    1.2KShares
    भारत -पाकिस्तान विवाद दुबै पक्षको आ-आफ्नै दावी

    काठमाडौं।भारत र पाकिस्तानवीच विवाद चर्किंदै गर्दा एक अर्काले आ-आफ्नै दावी गर्दै आएका छन्।
    भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (एडीजी पीआई) ले मे ८ र ९ को मध्यरातमा पाकिस्तानी सेनाले आफ्नो देशको सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ।

    एक्समा एउटा भिडियो सेयर गर्दै भारतीय सेनाका एडीजी पीआईले लेखेको छ, ‘पाकिस्तानी सशस्त्र बलहरूले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर धेरै आक्रमण गरे। पाकिस्तानी सेनाले जम्मू कश्मीरको नियन्त्रण रेखामा पनि धेरै पटक युद्धविराम उल्लङ्घन गरेको छ।’

    यसैगरी पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले जम्मू कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी अस्वीकार गरेका थिए।
    पाकिस्तानका सञ्चार मन्त्री अतुल्लहा तरारले पनि बिहीबार भारत प्रशासित कश्मीरमा कुनै पनि आक्रमण नगरिएको जिकिर गरे । उनले भारतीय मिडियाले गलत सूचना फैलाएको दाबी गरेका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट