logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • ‘एमालेसँगको सहमतिमा राष्ट्र बैंकका गभर्नर चाँडै नियुक्त हुनेछन्’

    952Shares
    ‘एमालेसँगको सहमतिमा राष्ट्र बैंकका गभर्नर चाँडै नियुक्त हुनेछन्’

    काठमाडौं । नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नर सत्ता साझेदार दल नेकपा एमालेसँगको सहमतिमा चाँडै नियुक्त हुने बताएको छ ।आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सभापति शेरबहादुर देउवाले सहमतिमा चाँडै नै गभर्नर नियुक्त हुने बताएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

    सभापति देउवाको भनाई उदृत गर्दै उनले भने, ‘गभर्नरको विषय निकै ढिला भएकोमा चासो प्रकट भएको छ । चाँडै टुंगो लाग्छ । व्यवसायिक व्यक्तिको हातमा जानुपर्यो भनेका छौं । त्यसको चाँडो निर्णय हुन्छ । सहमतिबाट निर्णय हुन्छ ।’

    प्रवक्ता महतले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको संरचना निर्माणलाई चाँडो टुंगो लगाउनुपर्ने विषयमा छलफल भएको बताए ।उनले भने, ‘टीआरसी कमिसन टुंगो लगाउनुपर्ने अवस्था छ । कानून टुंगो लगायौँ तर अझै पनि संरचना नबन्नाले काम अगाडि बढेको छैन । यसलाई चाँडो टुंगो लगाउनुपछ भन्ने निष्कर्ष छ । सबै दलसँग छलफल गरी निष्पक्ष ढ‌ंगबाट सत्य निरुपण र मेलमिलापको टु‌गो लगाउनुपर्छ भन्नेमा सबै एकमत छौँ ।’

    यस्तै, रिक्त रहेका संवैधानिक निकायमामा पदपूर्ति गर्ने विषयलाई पनि सरकारले प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ । यस्तै सबैलाई न्याय हुनेगरी शिक्षा विधेयकलाई पनि चाँडो टुंगोमा पुर्‍याउनुपर्ने विषयमा पनि छलफल भएको उनले बताए ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट