logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै ठगी गर्ने युवती प्रहरी फन्दामा

    985Shares
    डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै ठगी गर्ने युवती प्रहरी फन्दामा

    काठमाडौं । क्यानडा लैजान्छु भन्दै एक युवकको लाखौं रुपियाँ ठग्ने एक युवती भक्तपुरबाट पक्राउ परेकी छन् । दोलखाको बैतेश्वर गाउँपालिका-८ घर भई भक्तपुर मध्यपुर थिमि-३ गठ्ठाघर बस्दै आएकी २७ वर्षीया सुजिता अधिकारी पक्राउ परेकी हुन् ।

    सुजिताले आफू अध्ययनका लागि क्यानडा जान लागेको र भिसा पनि आइसकेको बताउँदै डिपेन्डेन्टमा लैजाने भनेर एक युवकसँग २० लाख रुपियाँ लिएकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार रकम लिएर युवती सम्पर्कविहीन भएकी थिइन् । पीडित युबकले जाहेरी दिएपछि अनुसन्त्रानपछि प्रहरीले पक्राउ गरेको हो ।

    सुजितालाई बिहीबार टेकुबाट नियन्त्रणमा लिइएको हो । ती युवतीलाई अपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरमा अनुसन्धान थालेर जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको बताइएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट