काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । बैठकले ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सफल र फलदायी भएको समीक्षा गरेको छ । उक्त अभियानबाट आएका सुझावलाई पार्टीको नीतिमा समेट्ने र विकाश निर्माणको कामका लागि आएका ज्ञापन पत्रलाई दस्ताबेज गरेर अर्थ मन्त्रालयमा बुझाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले खबरहबलाई बताए । यो यात्रामा माओवादीलाई २० जिल्लाका स्थानीयले ज्ञापन–पत्र र मग पत्र बुझाएका थिए ।
यस्तै माओवादीले जेठ २ गतेदेखि मध्य पहाडी लोक मार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने निर्णय आइतबारको बैठकले गरेको सचिव पौडेलको भनाइ छ । यस्तै सरकारको आलोचना नगर्ने र सरकार ढाल्ने बनाउने खेलमा पनि माओवादी नलाग्ने पदाधिकारी बैठकमा छलफल भएको छ ।
माओवादीले फागुन १२ गतेदेखि ४५ दिनसम्म तराई मधेसका २० जिल्ला भ्रमण गरेर त्यहाँको स्थितिका विषयमा स्थानीयसँग संवाद गरेको थियो । अभियानको नेतृत्व अध्यक्ष प्रचण्ड आफैँले गरेका थिए । अभियानमा पदाधिकारी र जिल्ला नेताहरूको उपस्थिति थियो । सरकारबाट बिदा भएपछि माओवादी निरन्तर सडकमा छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया