logo

२०८३ जेष्ठ १ शुक्रबार

logo
  • २०८३ जेष्ठ १ शुक्रबार
  • सरकार र आवासीय चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

    952Shares
    सरकार र आवासीय चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

    काठमाडौं । आवासीय चिकित्सकहरूले आन्दोलन स्थगित गरेका छन् । सरकारसँग शनिबार तीन मुख्य विषयमा सहमति भएपछि उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि सहमति जुटेको हो ।

    शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि सहमति जुटेको हो । सहमति अनुसार चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गरिने, म्याचिङका चिकित्सकका लागि प्रक्रिया तत्काल शुरु गर्न आयोगलाई निर्देशन दिइने र बिदासम्बन्धी विषयमा कार्यदल बनाएर मन्त्रालयले समाधान गर्नेछ ।

    स्वास्थ्यमन्त्री पौडेलले आन्दोलनका मागहरू इमानदारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन् । केही निजी मेडिकल कलेजहरूले आठौँ तह सरह भत्ता दिन सहमति जनाइसकेको र अधिकांश चिकित्सकहरू काममा फर्किसकेको जानकारी पनि उनले दिए ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट