logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • विद्यालयका कर्मचारीहरूले भने- शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताबाट अन्यायमा परियो

    976Shares
    विद्यालयका कर्मचारीहरूले भने- शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताबाट अन्यायमा परियो

    काठमाडौं । विद्यालयका कर्मचारीहरूले नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताबाट आफूहरू अन्यायमा परेको बताएका छन् । विद्यालय शिक्षक कर्मचारी परिषद्सँग गरेको सहमति विपरीत शिक्षक महासंघले सरकारसँग सम्झौता गरेको भन्दै उनीहरूले सहमतिको विरोध गरेका छन् ।

    ‘लेखापालको खरदार सहर ३२ हजार ९ सय २ रुपैयाँ र कार्यालय सहयोगीको २६ हजार ८२ रुपैयाँ बनाउने भनेर महासंघसँग हाम्रो सहमति भएको थियो । तर, सरकारसँग सम्झौता हुँदा तोकिए बमोजिम भनेर आयो । तोकिए बमोजिम भनेको कति हो ?,’ परिषद्का अध्यक्ष गंगाराम तिवारीले भने, ‘ऐन बनेर नियमावली बनेर आउने रे । त्यो पनि कहिले बन्ने हो ? २०८३ मा ऐन आउला नियमावली आउला । त्यतिबेलासम्म के खाने ? कर्मचारी चाहिँ भोकै मर्ने ?’तोकिए बमोजिम भनेकोमा आफूहरूको असहमति रहेको उनले बताए ।

    शिक्षकले मात्र सेवा सुविधा लिएको र अन्तिममा कर्मचारीलाई महासंघले धोका दिएको उनको आरोप छ । आजै साँझ आन्दोलनको कार्यक्रम घोषणा गर्ने परिषद्ले जनाएको छ । बुधबार सरकार र नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट