logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • अब स्वास्थ्य बीमामा स्थानीय तहमै ‘प्रस्थान विन्दु’, एक महिनामै सेवा लिन सकिने

    841Shares
    अब स्वास्थ्य बीमामा स्थानीय तहमै ‘प्रस्थान विन्दु’, एक महिनामै सेवा लिन सकिने

    काठमाडौं । अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने भएका छन् । आफू रहेकै ठाउँमा प्रस्थान विन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।सअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्रालयले नियमावली संसोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए ।

    त्यसैगरी, स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनुपर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताउनुभएको छ । पछिल्लो संसोधनअनुसार अब सबै तहमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु कायम हुनेछ ।

    बुधबार बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको मन्त्री पौडेलले जानकारी दिए । नियमावली संशोधनसँगै अब बीमा गरेपछि सेवा लिनका लागि तीन महिना पर्खनुपर्ने अवस्था पनि अन्त्य भएको छ । अब बीमा गरेपछि एक महिनाभित्रै सेवा लिन सकिने व्यवस्था लागू हुनेछ ।

    अहिले स्वास्थ्य बीमा सबै तहमा पुगे पनि प्रथम सेवा विन्दु भने सबै तहमा छैनन् । अब संसोधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ । साथै, अबदेखि सबै तहमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु (प्रस्थान विन्दु) व्यवस्था गरिने भएको छ । हालसम्म बीमा सबै तहमा विस्तार भए पनि प्रथम सेवा विन्दु भने सबै स्थानमा थिएनन् ।

    मन्त्री पौडेलको सचिवालयका अनुसार संशोधनपछि आधारभूत स्वास्थ्य सेवा लिनका लागि टाढा जानुपर्ने बाध्यता पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट