logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउन माओवादीलाई एमालेको चेतावनी

    847Shares
    शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउन माओवादीलाई एमालेको चेतावनी

    काठमाडौं। नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउन नेकपा माओवादी केन्द्रलाई सुझाव दिएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गैरेले पेशागत आन्दोलनबाट सरकारलाई अप्ठेरो बनाउने, सत्ता ढाल्ने अस्त्र बनाउने र र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न अन्त्य हुनुपर्ने समेत बताए ।

    उनले छलफलमा एउटा कुरा गर्ने र सडकमा गएर अर्को कुरा गर्न खोजे नेपालको शिक्षाको विकास हुन नसक्ने तर्क गरे । विद्यालय शिक्षा विधेयक अघि नबढ्नुको आरोप सत्तापक्षलाई मात्रै लगाएर कसैले छुट नपाउने उनले बताए ।

    त्यस्तै गैरेले सडकमा शिक्षक र सुरक्षाकर्मीबीच झडप गराएर पनि छुट पाउने परिस्थिति नभएको उल्लेख गरे । उनले समितिमा विचाराधीन रहेको विधेयकलाई छिटो पारित गर्नका लागि सामूहिक प्रतिबद्धता आवश्यक पर्ने जिकिर गरे ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट