logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • काठमाण्डाै टावरकाे तला थप्ने निर्णयमा नीतिगत भ्रष्टाचार भएकाे छ : मेयर शाह

    1.1KShares
    काठमाण्डाै टावरकाे तला थप्ने निर्णयमा नीतिगत भ्रष्टाचार भएकाे छ : मेयर शाह

    काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले पुरानो बसपार्कमा निर्माणाधीन व्यावसायिक कम्प्लेक्स (काठमाण्डाै टावर) को तला थप्ने निर्णयमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाउनुभएको छ ।

    आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले कसरी अनियमितता र नीतिगत भ्रष्टाचार भयो भन्ने विवरण सार्वजनिक गर्नुभएको छ । नक्शापासमा गरेको बदमासीबाट महानगरलाई एक अर्बभन्दा बढीको आर्थिक क्षति हुनसक्ने र ठेकेदारलाई अर्बाैंकाे फाइदा पुग्ने उहाँकाे दाबी छ ।

    प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले महानगरमा हाजिर भएको दुई दिनमै गरेको निर्णय आफूलाई समेत तीन महिनापछि थाहा भएको दाबी गर्दै मेयर शाहले अझै पनि महानगरको ईबीपीएस प्रणालीमा प्रविष्ट नभएको उल्लेख गर्नुभएको छ । वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्याङ्कन हुनुपर्नेमा बेवास्ता गरेर अवैधानिक किसिमले नक्शापास गरिएको मेयर शाहको दाबी छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट