logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    913Shares
    शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ।बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारी राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनी माथी गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

    घर कम्पाउण्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई जानकारी गराएका छन । तर, बाहिरबाट हानेको गोलीबाट छलेकोले आफूलाई कुनै चोटपटक नलागेको उनले जनाएका छन् । साथै, घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट