logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • अमेरिकामा उच्च भन्सार दर कार्यान्वयन ९० का लागि रोकियो

    1KShares
    अमेरिकामा उच्च भन्सार दर कार्यान्वयन ९० का लागि रोकियो

    वासिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि लगाउनुभएको उच्च भन्सार दर कार्यान्वयनका लागि ९० दिनको रोक लगाउने बताउनुभएको छ । अब धेरै देशलाई ३ महिनाका लागि १० प्रतिशत शुल्कमात्र लागू हुने बीबीसीले जनाएको छ ।

    ट्रम्पले कर नीतिमा लचकता देखाएको भन्दै विश्लेषकहरुले अमेरिकाले धेरै देशसँग राम्रो व्यवहार गर्न थालेको बताएका छन् । तर चीनसँग भने व्यापार युद्ध बढ्ने खतरा कायमै रहेको उनीहरुको भनाइ छ ।

    यसैबीच ट्रम्पले चीनमाथि अहिलेसम्मकै उच्च १२५ प्रतिशत भन्दा बढीको भन्सार करको घोषणा गर्नुभएको छ । नयाँ कर नीतिको घोषणासँगै ट्रम्पले चिनियाँ राष्ट्रपति सी जीनपीङसँग वार्तामा बस्ने तयारी पनि गर्नुभएको खबरमा उल्लेख छ । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले चीन तथा अरु कुनै दोस्रो देशसँग अतिरिक्त करबारे निष्पक्ष सम्झौता गरिने बताउनुभएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट