logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • काठमाण्डौमा आज पनि वायु प्रदूषण उच्च

    904Shares
    काठमाण्डौमा आज पनि वायु प्रदूषण उच्च

    काठमाण्डौ ।  काठमाण्डौमा आज पनि वायु प्रदूषण बढेको छ । विश्वका प्रदूषित शहरको सूचीमा काठमाण्डौ आज दोस्रो स्थानमा छ । बिहान ७ बजे काठमाण्डौको हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सय ११ मापन भएको छ । प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ ।

    दिल्लीको एक्यूआई दुई सय ४९ र तेस्रोमा रहेको पाकिस्तानको लाहोरको दुई सय सात रहेको छ । बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाण्डौको प्रदूषण हिजो बेलुकादेखि फेरी बढेको हो । एक्यूआई दुई सय भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।

    वायु गुणस्तर मापन सूचक दुई सय भन्दा माथि रहेकोले अति सावधानी अपनाउनुपर्ने डाक्टरहरु बताउँछन् । एक हप्ता अघिदेखि नै बढिरहेको प्रदूषणका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ ।

    अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा. अहिस श्रेष्ठले बिरामीको सङ्ख्या निक्कै बढेको बताउनुभयो । वायु प्रदुषणका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन् । यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरिरका अरू अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टर श्रेष्ठको भनाइ छ ।

    वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् । अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट