काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डमा एक्लाएक्लै वार्ता भएको छ । बिमस्टेकको शिखर सम्मेलना सहभागिता जनाउँन थाइल्यान्डको राजधानी बैंककमा रहेका दुवै देशका प्रधानमन्त्रीहरु बिच करिब ३५ मिनेट वार्ता भएको हो ।
बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी नभएको पाईएको छ ।
त्यस्तै दुईदेशका प्रधानमन्त्रीहरुको भेटमा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई आगामी जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा दिएको बुझिएको छ । उक्त निमन्त्रणालाई स्विकार्दै समकक्षी काठमाडौं आउन सक्दो कोसिस गर्ने बताउँदै निमन्त्रणाका निम्ती धन्यवाद दिएको पाईएको छ ।
पछिल्लो समय नेपाल र दक्षिणी छिमेकी मुलुक भारतबिच सम्बन्धमा दरार पैदा भएका छन् । नेपालमा प्रधानमन्त्री बन्ने बितिक्कै भ्रमणका निम्ती निमन्त्रणा दिने भारतले केपी ओली प्रधानमन्त्री भएपछि भने निम्ता दिएको छैन् ।
यस अघि पनि प्रधानमन्त्री ओली र भारतिया समकक्षी मोदी बिच अमेरिकामा भेटवार्ता भएको थियो । तर उक्त भेटपछि पनि ओली मोदी सम्बन्धमा खासै सुधार आउन सकेको छैन् । आजको भेटले दुई देशबिचको पारस्पारिक सम्बन्ध र आपसि हितका विषयमा सुधार हुने आशा व्यक्त गरिएको छ ।
भेटवार्ताका विषयमा थप विवरण सार्वजनिक भएको छैन ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया