logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • हेटौंडामा देवरद्वारा आफ्नै भाउजूको हत्या

    1KShares
    हेटौंडामा देवरद्वारा आफ्नै भाउजूको हत्या

    हेटौंडा । हेटौंडामा खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ ।

    राहुल भन्ने रमेश दासले बुधवार भाउजू गुडिया दासको हत्या गरेको   र   निज  रमेशले जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् ।

    यस्तै दाजु २८ वर्षीय रुपेश दासलाई भाइ वर्ष २२–२३ का रमेशले घरायसी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको पाइएको छ । बुधबार दिउँसो ४ः१० बजेको समयमा भाइ रमेशले खुकुरी प्रहारले रुपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागि गम्भिर घाईते बनाएको जानकारी प्राप्त भएपछि प्रहरीले रमेशलाई खुकुरीसहित नियन्त्रणमा लिएको थियो ।

    मृतक गुडियाको श्रीमान् रोशन दास रोजगारीका लागि कतारमा रहेको प्रहरीले जनाएको छ । गुडिया र रोशनका तीन सन्तान रहेका छन् ।

    दास परिवारले हेटौंडामा फलफूलको व्यवसाय गर्दै आएको थियो । घटना घरायसी विवादका कारण हुन पुगेको बताइए पनि प्रहरीले स्पष्ट कारण नखुलेको बताएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट